बुटवल। दाङको दंगीशरण गाउँपालिकाबाट ३५ जनाभन्दा बढी मानिस नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । उनीहरू वडा नं. ७ स्थित रजपलमा शनिवार आयोजित कार्यक्रमबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस र नेकपा (एमाले)सहित विभिन्न पार्टी परित्याग गरी उनीहरू आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।नवप्रवेशीहरूलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका हुन् ।
नवप्रवेशीहरूले पश्चिम दाङमा मास्कीले ल्याएको विकासको लहरले प्रभावित भएर आफूहरूले माओवादी केन्द्र रोजेको बताएका छन् । पश्चिम दाङमा विकास गर्ने मास्कीको विकल्प नभएको बताउँदै उनीहरूले उनलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा मन्त्री मास्कीले पश्चिम दाङ अब विकट नरहने भन्दै यसमा सहयोग गर्न सबैमा अनुरोधसमेत गरे । उनले पश्चिम दाङको विकासका लागि जनताको साथ चाहिने उल्लेख गरे ।जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा नवप्रवेशीलाई स्वागत गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ मंसिर २०८०, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको पदाधिकारी बैठक खुमलटारमा सुरु
माओवादी केन्द्रको बैठक दिउँसो २ बजेलाई सर्यो
वर्तमान सरकार असफल भइसक्यो : अग्निप्रसाद सापकोटा
माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
‘प्रचण्ड’द्वारा चोत्लुङ पार्क अवलोकन
गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड