संविधान संशोधन नभए पुनः आन्दोलन गछौँ : नेता महतो

आइतबार, ०९ पुस २०७४, १९ : ४४
संविधान संशोधन नभए पुनः आन्दोलन गछौँ :  नेता महतो

लहान ।  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने बताएका छन  ।

लहानमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले  भने , “मधेशी जनताले दिएको जनादेश स्वीकार गरी संविधान संशोधन गर्नुपर्छ, त्यसो हुन नसके हामी पुनः आन्दोलनमा जान बाध्य हुन्छौँ ।”

प्रदेश नं २ मधेश प्रदेश नामाकरण हुने दाबी गर्दै उहाँले चुनावमा तालमेल भएपनि २ नं प्रदेशको मुख्यमन्त्री राजपा वा संघीय समाजवादी फोरम नेपालमध्ये कसले पाउने भन्ने छलफल भइनसकेकोे महतोले बताए । रासस

प्रतिक्रिया दिनुहोस