एजेन्सी । इजरेलले युद्ध विरामको पाँचौँ दिनमा ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ ।
मङ्गलवार साँझ ३० प्यालेस्टाइनी कैदीहरू बोकेको बस पश्चिम बैंकको रामल्लाह शहर नजिकै रहेको इजरेली ओफर जेलबाट प्रस्थान गरेको हो ।
इजरेल जेल सेवाले इजरेल र हमास बीचको युद्ध विराम सम्झौता अन्तर्गत पाँचौँ चरणमा १५ महिला र १५ नाबालिगहरूसहित ३० प्यालेस्टिनीहरूलाई इजरेली जेलबाट रिहा गरिएको थियो ।
यसअघि मङ्गलवार हमासको सैन्य शाखा अल–कसाम ब्रिगेडले बन्धकहरूको पाँचौँ समूह अन्तर्राष्ट्रिय रेडक्रसलाई हस्तान्तरण गरेको थियो ।
इजरेली सरकारले पनि गाजा पट्टीबाट रिहा गरिएका १० इजरेली र दुई थाई नागरिकसहित १२ जना बन्धकहरू प्राप्त गरेको पुष्टि गरेको छ ।
मंगलवार बिहान सकिँदै गरेको इजरेल र हमासबीचको मानवीय चार दिने युद्ध विराम थप दुई दिनका लागि थपिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १४ मंसिर २०८०, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलद्वारा ९० प्यालेस्टिनी बन्दी रिहा
गाजा शहरका विद्यालयहरूमा इजरायली आक्रमण : २५ जनाको मृत्यु