इजरायलद्वारा ९० प्यालेस्टिनी बन्दी रिहा

एजेन्सी

सोमबार, ०७ माघ २०८१, १० : ३०
इजरायलद्वारा ९० प्यालेस्टिनी बन्दी रिहा

एजेन्सी । इजरायलले युद्धविराम सम्झौताअनुसार ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । इजरायलले सम्झौताको पहिलो चरणअन्तर्गत ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको जनाएको छ ।

हमासले पनि यसको पुष्टि गर्दै यी ९० जनामध्ये ६९ जना महिला र २१ जना किशोर बालबालिका रहेको बताएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यी मध्ये अधिकांशलाई हालै पक्राउ गरिएको थियो । उनीहरूलाई कुनै पनि मुद्दामा कारबाही वा सजाय नदिइएको बताइएको छ । 

युद्धविराम लागु भएको केही घण्टापछि हमासले तीन इजरायली बन्धकहरूलाई पनि रिहा गरेको थियो ।

सम्झौताको पहिलो चरणमा इजरायलले एक हजार ९०० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नुपर्नेछ । यही समयमा हमासले ३३ इजरायली बन्धकहरूलाई रिहा गर्नेछ ।

वास्तवमा इजरायल र हमासबीचको यो युद्धविराम सम्झौता तीन चरणमा लागु हुनेछ । पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासद्वारा बन्धक बनाइएकाहरूलाई रिहा गरिनेछ ।

त्यसपछि इजरायली सेना विस्तारै गाजाबाट हट्ने र अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम हुनेछ । 

प्रतिक्रिया दिनुहोस