काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख आज राति अष्ट्रेलिया जाने भएका छन् । वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल आज राति ११:३० बजेको मलेसियन एअरको जहाजमा त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संसद् सहयोग परियोजना अन्तर्गत अध्ययन भ्रमण हुन लागेको संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए। युएनडिपी नेपाल र संघीय संसद् सचिवालयबीच समझदारी भई संघीय संसद् र प्रदेश सभाहरुमा संसद् सहयोग परियोजना सञ्चालित छ ।
प्रतिनिधि मण्डलमा अध्यक्ष तिमिल्सिनासहित सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी, कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ, गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार, मधेश प्रदेश सभाका उपसभामुख बबिता कुमारी राउत ईशर, बागमती प्रदेश सभाका उपसभामुख अपसरा चापागाईं खत्री र लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड के।सी छन् ।
यस्तै, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, संघीय संसद् सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा र अध्यक्ष तिमल्सिनाकास्वकीय सचिव ऋचा पोखरेल पनि प्रतिनिधिमण्डलमा समावेश छन् ।
भ्रमण सम्पन्न गरी अध्यक्ष मङ्सिर १८ गते र प्रतिनिधिमण्डलका अन्य सदस्य २ डिसेम्बर, मङ्सिर १६ मा नेपाल आइपुग्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० मंसिर २०८०, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड
राष्ट्रिय सभाको गुनासो : प्रतिनिधि सभाले विधेयकहरू अड्काइदियो
राष्ट्रिय सभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
राष्ट्रिय सभा अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जाबिच भेट
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाबाट पारित टीआरसी विधेयक राष्ट्रिय सभामा टेबल