काठमाडौं। हमासले बन्धक बनाएका मध्ये थप १३ इजरायली र ४ थाई गरी दोस्रो दिन १७ जनालाई रिहा भएका छन् । अघिल्लो दिन हमासले २४ जनालाई मुक्त गरेको थियो ।
इजराइल र हमासबीच जारी अस्थायी युद्ध विरामको दोस्रो दिनसम्म हमासले कुल ४१ जनालाई आफ्नो नियन्त्रणबाट मुक्त गरी रेडक्रसको जिम्मा लगाएको छ । चार दिने युद्ध विराम गरेका इजराइल र हमास दुबै पक्षले बन्दी साटफेर गरिरहेका छन् ।
इजराइलका तर्फबाट जेलमा रहेका ३९ जना प्यालेस्टाइनी बन्दीलाई मुक्त गरिएको इजराइलको कारागार सेवाले पुष्टि गरेको छ । हमासले रिहा गरेका बन्धक इजरायलले पठाएको सूची आधारमा मुक्त गरिएका हुन् ।
मुक्त हुनेमा बालबालिका, महिला र वृद्धवृद्धा बढी रहेका छन् । साथै एकै परिवारका दाजु बहिनी, आमा छोरी पनि परेका छन् । हमासको कब्जाबाट मुक्त भएकाहरुलाई रेडक्रसको सहायतामा इजराइल पुर्याइ सकिएको छ ।
साथै इजराइलले मुक्त गरेका प्यालेस्टाइनी बन्दीलाई पनि वेस्ट बैंकबाट परिवारको जिम्मा लगाइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १० मंसिर २०८०, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्ध समाप्त गर्ने सर्तमा मात्र युद्धविराम गर्ने हमासको प्रतिक्रिया
नयाँ युद्धविराम प्रस्तावमा हमास सहमत
हमासले सत्ता त्याग्नुपर्ने माग गर्दै गाजामा विशाल विरोध प्रदर्शन
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही
हमास युद्ध विरामका लागि दोहामा वार्ता हुँदै
इजरायल-हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौताको तयारी, मध्यस्थता वार्तामा अमेरिका पनि सहभागी हुने