एजेन्सी । राहत कार्यमा संलग्न संस्था रेडक्रसले हमासद्वारा बन्धक बनाइएका २४ जनालाई रिहा गरेको पुष्टि गरेको छ । रेडक्रसले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, ‘२४ जना बन्धकहरूलाई सकुशल रिहा गरिएको पुष्टि गर्न पाउँदा हामी खुसी छौं।’
अर्को पोस्टमा, संगठनले भनेको छ, ‘दुई पक्षहरू बिच तटस्थ भूमिका खेल्दै, हामीले यी बन्धकहरूलाई गाजाबाट निकालेर इजिप्टको रफाह सीमामा ल्यायौं।’
यसअघि इजरायली सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार हमासले १३ इजरायली बन्धकहरूलाई राहत कार्यमा संलग्न संस्था रेडक्रसलाई हस्तान्तरण गरेको बताइएको थियो । यसअघि हमासले थाइल्याण्डका केही बन्धकहरूलाई रिहा गरेको थियो।
टिभी च्यानल १२ का अनुसार सबै बन्धकहरूलाई रफाह क्रसिङ हुँदै इजिप्ट लगिएको छ। हमासले बन्धकहरूलाई रेडक्रसलाई कहाँ सुम्पेको हो भन्ने अझै स्पष्ट भइसकेको छैन। इजिप्टले इजरायली बन्धकहरू इजिप्ट पुगेको जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०९ मंसिर २०८०, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्ध समाप्त गर्ने सर्तमा मात्र युद्धविराम गर्ने हमासको प्रतिक्रिया
नयाँ युद्धविराम प्रस्तावमा हमास सहमत
हमासले सत्ता त्याग्नुपर्ने माग गर्दै गाजामा विशाल विरोध प्रदर्शन
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही
हमास युद्ध विरामका लागि दोहामा वार्ता हुँदै
इजरायल-हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौताको तयारी, मध्यस्थता वार्तामा अमेरिका पनि सहभागी हुने