काठमाडौ । चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्तो प्रस्ताव पारित गरेर चिकित्सा शिक्षा आयोगमा पठाएको छ । साथै प्रस्तावमा अस्पतालहरूको राय पनि मागेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले त्यो प्रस्ताव कार्यान्वयनमा आएपछि नर्सिङ र पारामेडिक्स जनशक्ति पुग्ने बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ मंसिर २०८०, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने सयौँ विद्यार्थीको भविष्य अन्योलमा
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा १२ जनाको नाम सर्ट लिस्टमा (सूचीसहित)