काठमाडौं । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता कास्कीको पोखरामा बिहीबार शुरु हुँदैछ। पोखरा क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्दैछन्।
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अनुसार सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका रेड र ब्लु गरी दुई टोलीसहित १२ टोली सहभागी हुनेछन्।
पहिलो दिन समूह ए का बागमती प्रदेश र मदन भण्डारी रेडबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको खेल बिहान ११ बजे शुरु हुनेछ। चार समूहमा खेलाइने खेलमा हरेक समूहको समूह विजेता मात्र सेमिफाइनलमा पुग्नेछन्।
फाइनल खेल मंसिर १५ गते हुनेछ। प्रतियोगिताको च्याम्पियन टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य
पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्लाई दियो १३९ रनको लक्ष्य
कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी
नेपाली क्रिकेट टिमले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै