उपहारको मुर्रा राँगा साढे चार घण्टा भन्सारमा रोकिएपछि...

सफल खबर संवाददाता

विहीबार, ०७ मंसिर २०८०, ०७ : ५७
उपहारको  मुर्रा राँगा साढे चार घण्टा भन्सारमा रोकिएपछि...

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला उपहारमा दिएका मुर्रा जातका राँगा बोकेर आएका दुई वटा ट्रकलाई नेपाल–भारत नाकामा भारतीय कस्टमले साढे चार घण्टा रोकेर नेपाल प्रवेश गर्न दिएको छ । 

भारत सरकारले उपहारस्वरूप प्रदान गरेका राँगालाई आवश्यक विभिन्न कागजपत्र नभएको भन्दै भारतीय कस्टमले नेपाल छिर्न नदिएपछि राँगा बोकेका ट्रक नाकामै रोकिएका थिए ।

भारतको हरियाणा राज्यको हिसारस्थित केन्द्रीय भैंस अनुसन्धान संस्थानबाट मङ्गलबार दिउँसो १५ वटा मुर्रा जातका राँगा लोड गरेर पठाइएका दुई वटा ट्रक बुधबार अपराह्न ३ बजे रुपैडिहास्थित भारतीय कस्टममा पुगे पनि विभिन्न कागजपत्र नभएको भन्दै कस्टमले रोकेको राँगा हस्तान्तरण गर्न आएका भारतका भेटनरी डाक्टर राजेश कुमारले बताए । उाले ट्रकलाई बेलुकी साढे ७ बजे मात्र भन्सारबाट छाडिएको जानकारी दिए ।  

डा राजेशले भारत सरकारले नेपाल सरकारलाई उपहार दिएको कागजपत्र देखाउँदा पनि यो नाकाबाट राँगा लैजान अनुमति छैन भनेर भारतीय कस्टमका अधिकारीले ठाडो जवाफ दिएर विभिन्न कागजपत्र र बिल मागेर दुःख दिएको बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस