गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाले मङ्सिर ७ गते सार्वजनिक बिदा दिएका छन् । हरिबोधिनी एकादशी २०८० को अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले विगतमा झैँ यस वर्ष पनि बिदा दिइएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।
यस्तै छिमेकी गाउँपालिका गुल्मी दरबारले पनि भोली बिदा दिने निर्णय गरेको हो । दरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले हरिबोधिनी एकादशीको दिन गुल्मीको रेसुङ्गामा विशेष मेला लाग्ने भएकाले बिदा दिएको बताए । मेला हेर्न जिल्लाका विभिन्न स्थान सहित छिमेकी जिल्लाका मानिसहरू रेसुङ्गा आउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइतबार सार्वजनिक बिदा
भोलि सार्वजनिक बिदा
सुदूरपश्चिममा भोली सार्वजनिक बिदा
मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि सार्वजनिक बिदा
२०८२ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)
पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा