लामो समयसम्म मुद्दाको फैसला नहुँदा न्याय अनुभूति हुँदैन: शेरबहादुर देउवा

सफल खबर संवाददाता

मंगलबार, ०५ मंसिर २०८०, २० : २५
लामो समयसम्म मुद्दाको फैसला नहुँदा न्याय अनुभूति हुँदैन: शेरबहादुर देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुद्दाको फैसला लामो समयसम्म नहुँदा जनताले न्यायको अनुभूति गर्न नसकेको बताएका छन् । नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशनको ३४औँ स्थापना दिवस अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘बाजेको पालादेखिको मुद्दा नातिको पालासम्म पनि फैसला हुन गाह्रो छ भनेपछि कहिले न्याय पाउने जनताले ? छिटो छरितो रुपमा न्याय हुन सके मात्र पीडितले न्यायको अनुभूति गर्न सक्छन्’ उनले भने ।

सुशासन र समृद्धि आजको आवश्यकता हो भन्दै देउवाले भने, ‘असल सरकार, सक्षम न्यायपालिका र जवाफदेही व्यवस्थाबिना सुशासन आउँदैन । संविधान बनाउँदा हामीले सबैको सबै खाले हक लेखेका छौँ तर आज नागरिकका मौलिक हकसम्बन्धी व्यवस्था कानूनको अभावमा उचित कार्यान्वयन हुन सकेको छैन । यसमा ध्यान जान आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस