टिकटक बन्द गरिएकोमा गगन थापाको असन्तुष्टि, उल्टो बाटोमा हिँडेको प्रतिक्रिया

सफल खबर संवाददाता

सोमबार, २७ कार्तिक २०८०, १४ : २०
टिकटक बन्द गरिएकोमा गगन थापाको असन्तुष्टि, उल्टो बाटोमा हिँडेको प्रतिक्रिया

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने सरकारको निर्णय उल्टो कदम भएको टिप्पणी गरेका छन् ।​सोमवार सरकारले टिकटक बन्द गर्ने निर्णय गरेलगतै उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

 

‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ ।’ उनले लेखेका छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरूत्साहित गर्न नियमन आवश्यक छ, तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने/नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो ।

यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैत्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखिएको उनले बताएका छन् । ‘सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन ।’ उनले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस