एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । बोर्डलाई श्रीलंकाली सरकारले हस्तक्षेप गरेपछि आईसीसीले बोर्डलाई निलम्बन गरेको हो ।
सरकारी हस्तक्षेपछि आईसीसीले तत्काल श्रीलंकाको सदस्यता खोसेको हो । भारतमा जारी विश्वकप क्रिकेटमा श्रीलंको प्रदर्शन निराशाजनक भएसँगै सरकारले हस्तक्षेप गरेको थियो ।
श्रीलंका विश्वकपको नवौँ स्थानमा छ । आईसीसीका पदाधिकारीहरुको अनलाइन बैठकबाट तत्काललाई श्रीलंका बोर्डलाई निलम्बन गरिएको हो ।
आईसीसीको चौमासिक बैठक नोभेम्बर १८ देखि २१ को बीचमा भारतको अहमदाबादमा हुनेछ । यो बैठकले बोर्डमाथि आगामी दिनमा के गर्ने र टिमलाई के गर्ने भन्ने बारेमा निर्णय हुनेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २५ कार्तिक २०८०, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि