काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ६५ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको पहिलो त्रैमासको वित्तीय रिपोर्ट अनुसार पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३०.० प्रतिशतले वृद्धि भई खर्ब ६५ अर्ब ३४ करोड पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४९ हजार २९७ रहेको समेत बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ४७ हजार ९३२ र ५७ हजार ८६१ रहेको थियो ।समीक्षा अवधिमा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वृद्धि भई ४ खर्ब ४ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो
असोजमा भित्रियो हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रेमिट्यान्स
एक वर्षको आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक, साढे १४ खर्ब रेमिट्यान्स भित्रियो (पूर्णपाठसहित)
सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अलजजिराबीच रेमिट्यान्स सम्झौता
रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन अर्थमन्त्रीसँग माग
७ महिनामा भित्रियो साढे ८ खर्ब रेमिट्यान्स