काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ ।
शुक्रबार सूचना जारी गर्दै खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले अनलाइनमार्फत मंसिर १४ गतेसम्म आवेदन दिनुपर्नेछ । प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ। ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो।
प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पब्लिक युथ क्याम्पसका सात जना कर्मचारीले सरुवा मागे
सिंहदरवारमा कर्मचारी थुपारेर देशको विकास हुदैँन् : प्रेम सुवाल
बुढानीलकण्ठ नगरपालिकाले माग्यो कर्मचारी
यूएसएडका ४२ सय कर्मचारीलाई बिदा,१६ सय
जबरजस्ती करणी मुद्दामा एक कर्मचारी पक्राउ
यूएसएआईडीले फिर्ता बोलायो आफ्ना कर्मचारी