फोरम र राष्ट्रपतिको भेटवार्तामा फोरमले भन्यो-'अध्यादेश तत्काल जारी गर्नुस'

आइतबार, ०९ पुस २०७४, १४ : ०३
फोरम र  राष्ट्रपतिको भेटवार्तामा फोरमले भन्यो-'अध्यादेश तत्काल जारी गर्नुस'

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यावदबीचको भोटवार्ता सकिएको छ ।

शीतल निवासमा भएको सो भेटवार्तामा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनसँग जोडिएको अध्यादेशका बारेमा छलफल भएको थियो । छलफलका क्रममा अध्यक्ष यादवले सरकारले अध्यादेश पेश गरिसकेपछि राष्ट्रपतिले लामो समय रोक्दा गलत सन्देश जाने भन्दै त्यसलाई प्रमाणिकरण गर्न सुझाव दिएको भेटमा सहभागि फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

‘सकारकारले पेश गरेको अध्यादेश राष्ट्रपतिले रोक्न मिल्दैन, परम्परा पनि त्यस्तो छैन, कुनै पार्टीको दवावमा त्यसो गरिए राम्रो शन्देश पनि जादैन, बरु हुबहु प्रमाणिकण गर्नुपर्छ ’ यादवले राष्ट्रपतिलाई सुझाव दिएका थिए ।

जवाफमा राष्ट्रपति भण्डारीले आफु अध्यादेश रोक्ने पक्षमा नभएको जानकारी दिँदै दलहरुले सहमति जुटाए त्यसको शन्देश थप राम्रो जाने भन्दै सहमतिमै जोड दिएको राष्ट्रपतिका प्रेश संयोजक माधव शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस