काठमाडौँ । पछिल्लो समयमा डेंगु संक्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार संक्रमितको सङ्ख्या ४४ हजार नागेको छ ।हालसम्म ७६ जिल्लाका ४४ हजार ८४ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा २० जना सङ्क्रमितको मृत्यु भएको ईडीसीडीले जनाएको छ ।
सबैभन्दा बढी सङ्क्रमित सुनसरीमा १६ हजार १०६ जनामा पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै, तनहुँमा २० दिन यता सङ्क्रमितको सङ्ख्या बढेर ६ हजार ६९९ पुगेको छ ।त्यसपछि झापामा ३ हजार ६९० पुष्टि भएको छ । धादिङमा ३ हजार २०० जनामा सङ्क्रमण भएको छ ।
यस्तै कास्की ६ हजार ६०४ जना, मोरङ २ हजार २९० जना, काठमाडौँमा १ हजार ४१ जनामा सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ ।यस्तै कैलालीमा ६८९, गोरखा ६८५ जना र धनकुटामा ६०५ जनामा सङ्क्रमित भएको बताइएको छ ।
कुन प्रदेशमा कति ?
सात प्रदेशमध्ये सबैभन्दा बढी सङ्क्रमित कोसी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा २४ हजार २०१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो समयमा गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या बढेको छ । गण्डकीमा ११ हजार ३७५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसपछि बागमती प्रदेशमा ५ हजार ५५२ जना, सुदूरपश्चिम प्रदेशमा १ हजार ३६९, लुम्बिनी प्रदेशमा ८१३, मधेस प्रदेशमा ६१८, कर्णाली प्रदेशमा १५६ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर ३२ हजारमध्ये १३ जना डेंगु संक्रमितको मृत्यु
पाल्पामा ३९९ जनामा डेंगु संक्रमण
डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
डेंगु संक्रमणबाटबाट एक शिक्षिकाको मृत्यु
सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेंगु संक्रमण पुष्टि
पाल्पामा ७४ जनामा डेंगु संक्रमण