डेंगु संक्रमणबाटबाट एक शिक्षिकाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २७ साउन २०८१, १३ : ४५
डेंगु संक्रमणबाटबाट एक शिक्षिकाको मृत्यु

बिर्तामोड । झापाको हल्दिबारीमा डेंगु संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । उनको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका बिमला दाहाल पौडेलको डेंगु संक्रमण भएर उपचारको क्रममा बीएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पतालहुँदै थप उपचारको लागि उनलाई बीएन्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा शुक्रबार मृत्यु भएको हो ।

विगत १३ वर्षदेखि सो विद्यालयमा शिक्षण पेशामा रहेकी दाहालका पति, एक छोरा र एक छोरी रहेका छन् । स्वास्थ्य कार्यालय झापाले भने डेंगुबाट मृत्यु भएको भनेर पुष्टि गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस