विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै ओलीले भने– निरन्तर कोसिसपछिको जीत

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, १४ : २७
विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै ओलीले भने– निरन्तर कोसिसपछिको जीत

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली टी–२० क्रिकेट विश्वकपमा छनोट भएको नेपाली राष्ट्रिय टोलीलाई बधाई दिएका छन् ।उनले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

‘निरन्तर कोसिसपछिको जीत ! बधाई टीम नेपाल ! अबको यात्रा विश्वकप,’ उनले फेसबूकमा लेखेका छन् ।नेपाल शुक्रवार १० वर्षपछि टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको हो ।

सन् २०१४ मा बंगलादेशमा पहिलो विश्वकप खेलेको नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा स्थान बनाएको हो ।विश्वकप छनोटका लागि मूलपानी मैदानमा भएको निर्णायक खेलमा घरेलु टोली नेपालले यूएईलाई ८ विकेटले पराजित गर्यो ।

 

यूएईले पेश गरेको १३५ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई जीतसम्म डोहोर्याउने क्रममा आशिफ शेखले ६३ रनको शानदार अर्धशतकीय पारी खेले।गुल्सन झा २२ रनमा आउट हुँदा कुशल भुर्तेलले ११ रन जोडे । कप्तान रोहित पौडेलले अविजित ३५ रनको योगदान गरे ।

यसअघि यूएईलाई सामान्य स्कोरमा समेट्ने क्रममा कुशल मल्लले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एक–एक विकेट लिएका थिए ।जीतसँगै नेपालले विश्वकप छनोटको फाइनलमा समेत स्थान बनाएको छ । फाइनल खेल ओमानसँग आइतवार कीर्तिपुरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस