काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित गर्दा संविधानको ठाडो उल्लंघन भएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधानको मर्म विपरित धनाढ्य व्यक्तिहरुलाई समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाइएको बताए ।
उनले महिलाको कोटामा शक्तिशाली राजनीतिक दलका नेताका परिवारका सदस्यहरु नियुक्त भइरहेका बताए । उनले सबै समूहबाट वर्षौंदेखि राजनीतिमा स्थापित भइसकेको शक्तिशाली व्यक्तिहरु नै समानुपातिकबाट सांसद हुने गरेका भन्दै यसले संविधानको ठाडो उल्लंघन भएको बताए ।
उनले भने, ‘जनजातिको नाममा धनाढ्य व्यक्तिहरु जसको उपस्थिति ब्राण्डेड लुगा लगाएर पछिल्लो सिटमा बस्ने, आउने जाने बाहेक हामीले देख्न पाएका छैनौँ । नीति निर्माणमा उहाँहरुले मनमनै योगदान दिनुभएको छ होला ।
त्यो देख्न पाएको छैन । त्यसैगरी शक्तिशाली राजनीतिक दलका परिवारका सदस्यहरु महिलाका कोटामा आएका छन् । दलित, मधेसी, थारु, मुस्लिम लगायतका समूहबाट पनि शक्तिशाली व्यक्तिहरु वर्षौंदेखि राजनीतिमा छन् र वर्षौंदेखि स्थापित भइरहेकाहरु नै आएका छन् । र पटक पटक मन्त्री भएका नेता यही प्रणालीबाट सांसद भएका छन्। संविधानको ठाडो उल्लंघन भएको हामी सबैलाई थाहा छ ।’
उनले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनका लागि निर्वाचन आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै त्यसका निम्ति आफूहरु सांसदको रुपमा भुमिका खेल्न तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. निकोलस भुसालले भने- रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ, माफी चाहन्छु
रवि लामिछानेलाई अदालत लगियो
प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन
रवि लामिछानेलाई पर्सातर्फ लगियाे
रवि लामिछानेलाई एयरपोर्ट पुर्याइयो
रवि लामिछानेविरुद्ध चार दिन म्याद थप