विश्वकप क्रिकेट: दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दै

एजेन्सी

बुधबार, १५ कार्तिक २०८०, ०९ : ३८
विश्वकप क्रिकेट: दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दै

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्यूजिल्याण्ड भिड्दै छन् ।

नेपाली समयानुसार खेल महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा सवा २ बजे शुरू हुनेछ । 

यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण हुनेछ, किनभने जित्ने टोलीले सेमिफाइनलको अर्को पाइला सुनिश्चित गर्नेछ । हार्ने टोलीले अन्तिम चारमा पुग्न फेरि संघर्ष गर्नुपर्नेछ । 

दक्षिण अफ्रिका ६ मध्ये ५ जितसहित अंक तालिकाको दोस्रो स्थानमा छ भने न्युजिल्याण्ड ४ जितसहित तेस्रो स्थानमा छ ।