ओली–प्रचण्डबीच फोनमा कुरा, एकता संयोजक समिति बैठक तिन दिन पछि

आइतबार, ०९ पुस २०७४, १२ : ३५
ओली–प्रचण्डबीच फोनमा कुरा, एकता संयोजक समिति बैठक तिन दिन पछि

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच  आइतबार बिहान  टेलिफोन कुराकानी भएको छ ।
दुई पार्टी एकताका लागि  एकता संयोजक समितिको बैठक बस्न नसकिरहेको बेला ओली र प्रचण्डबीच कुराकानी भएको हो ।
कुराकानी सरकार गठन, पार्टी एकतालगायतका विषयमा  केन्द्रीत रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ  ।  स्रोतका अनुसार मंगलबार बिहान संयोजक समितिको बैठक  राख्ने तय दुई  अध्यक्षबीचको कुराकानीपछि तय भएको छ ।

यसअघि शनिवार  एकता संयोजन समिति बैठक बस्ने भनिएको भएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस