विश्वकप क्रिकेट: भारत र इंग्ल्याण्ड भिड्दै

सफल खबर संवाददाता

आइतबार, १२ कार्तिक २०८०, ०९ : ५४
विश्वकप क्रिकेट: भारत र इंग्ल्याण्ड भिड्दै

एजेन्सी । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज उपाधि दाबेदार भारत र डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड भिड्दै छन् ।

यी दुई टिमबीचको खेल दिउँसो सवा २ देखि लखनउमा शुरू हुनेछ । 

भारत इंग्ल्याण्डविरुद्ध मैदान उत्रँदा लगातार छैटौँ जितको खोजीमा हुनेछ । भारत इंग्ल्याण्डलाई पनि हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा पनि छ । भारत अहिले १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

इंग्ल्याण्ड भने जारी विश्वकपमा संघर्ष गरिरहेको छ । अंक तालिकाको पुछारमा रहेको इंग्ल्याण्डले पाँच खेल खेल्दा चारमा हार र एक खेलमा मात्र जीत निकालेको छ ।