काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रधानसेनापति प्रभुराम शर्मा चीन जाँदैछन्। प्रधानन्यायाधीश श्रेष्ठ र प्रधानसेनापति शर्मा यही महिना चीनका दुई शहरको छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन चीन जान लागेका हुन्।
प्रधानसेनापति शर्मा बेइजिङ–सियाङसान फोरममा सहभागी हुन अक्टोबर २७ देखि नोभेम्बर २ (कात्तिक १० देखि १६) गतेसम्म बेइजिङको भ्रमण गर्ने नेपाली सेनाका सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। ।
उनी चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौँ बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुन त्यसतर्फ जाने भएका हुन्।प्रधानन्यायाधीश श्रेष्ठ चीनको सर्वोच्च जन अदालतका प्रधानन्यायाधीश तथा अध्यक्ष झाङ जुनको निमन्त्रणामा असोज १२ गतेदेखि चीनको औपचारिक भ्रमणमा जान लागेका हुन्।
लामो समयपछि चीनले नेपालका प्रधानन्यायाधीशलाई चीनको सिनजियाङ प्रान्तमा हुने कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेको छ। बेल्ट एण्ड रोड इनिसिएटिभको दशौँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने पहिलो चाइना मध्य तथा दक्षिण एसियाली कानूनी मञ्चमा सहभागी हुन प्रधानन्यायाधीश श्रेष्ठ असोज १२ गते काठमाडौं प्रस्थान गर्ने सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
चीनले हालैका महिनाहरूमा नेपालमा विभिन्न मोर्चाहरूमा आफ्नो संलग्नता बढाएको छ। विभिन्न राज्यका निकायसँग सम्पर्कमा रहन उच्चस्तरका नेता तथा पदाधिकारीलाई नेपाल पठाउँदै आएको छ भने नेपाली नेता, उच्च अधिकारी, नागरिक समाजका सदस्यलगायतलाई चीनमा आमन्त्रण पनि गरिरहेको छ।
यस वर्ष उपराष्ट्रपति रामसहायाप्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रियसभाका उपसभापति उर्मिला अर्याललगायत वरिष्ठ मन्त्री तथा सरकारी अधिकारीलगायतका उच्चस्तरीय चीन भ्रमणपछि उत्तरी‘ छिमेकीले नेपालको न्यायपालिका र सेनाका प्रमुखहरुलाई औपचारिक भ्रमणको निम्तो दिएको छ।
पछिल्ला महिनाहरूमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दुई उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनका विभिन्न शहरको भ्रमण गरी नेता तथा पदाधिकारीहरूसँग अन्तरक्रिया गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ कार्तिक २०८०, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्जीव खन्ना बने भारतको ५१औं प्रधानन्यायाधीश
प्रधानन्यायाधीश राउत क्वालालम्पुर प्रस्थान
आजदेखि राउत नयाँ प्रधानन्यायाधीश
संविधानले परिकल्पना गरेका मूल्यमान्यताको व्यावहारिक कार्यान्वयन हुनुपर्छ: विश्वम्भरप्रसाद श्रेष्ठ
बंगलादेशमा नयाँ प्रधानन्यायाधीश नियुक्त
आन्दोलनकारीको अल्टिमेटमपछि बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा