बंगलादेशमा नयाँ प्रधानन्यायाधीश नियुक्त

सफल खबर संवाददाता

आइतबार, २७ साउन २०८१, १४ : ४४
बंगलादेशमा नयाँ प्रधानन्यायाधीश नियुक्त

काठमाडौं । उच्च अदालत न्यायाधीश सैयद रेफत अहमद बंगलादेशका प्रधानन्यायाधीश नियुक्त भएका छन् । विद्यार्थीहरुले गरेको आरक्षणविरुद्धको आन्दोलनका क्रममा प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छाड्न बाध्य भएकी थिइन् । यसपछि विद्यार्थीहरुले प्रधानन्यायाधीश अबैदुल हसनसहित ५ न्यायाधीशहरुको राजीनामा मागेका थिए ।

हसनले राजीनामा दिएपछि शनिबार राष्ट्रपति मुहम्मद सहाबुद्दीनले अहमदलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए । ढाकाको अखबार द डेली स्टारका अनुसार, नवनियुक्त प्रधानन्यायाधीश अहमदले आइतबार राष्ट्रपति निवासमा १२ः४५ बजे शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण समारोहमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुस, अन्य सल्लाहकार र उच्च सरकारी अधिकारीहरु सहभागी थिए । योसँगै अहमद बंगलादेशको २५ औं प्रधानन्यायाधीश बनेका छन् ।

प्रतिक्रिया दिनुहोस