काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र नेताको नाममा आउने गरेको विशेष उपहार अस्वीकार गर्न आग्रह गरेका छन् । पूर्व सूचनाबिना केन्द्रीय कार्यालयमा विशेष उपहार आइरहेको भन्दै उपहार लिने पार्टीको नीति नभएको अवगत गराएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार अदान–प्रदान गर्ने सर्वव्यापी चलन रहेको उनले उल्लेख गरेका छन् । हार्दिक सम्बन्ध निरन्तरताको कामना तथा भावनात्मक पक्षसँग जोडिएको यो चलन अत्यन्तै सकारात्मक हुँदा–हुँदै पनि रास्वपाले उपहार स्वीकार नगर्ने नीति लिएको जानकारी गराएका छन्।
‘पूर्व सूचना बेगर पार्टी र नेता विशेषको नाममा केन्द्रीय कार्यालय, वनस्थलीमा उपहार पठाउने क्रम सुरु भएकाले पार्टीको नीति सार्वजनिक जानकारीका लागि अवगत गराएको हुँ। मेरा लागि पनि प्रत्यक्ष वा अप्रत्यक्ष (कोही–कसैमार्फत) उपहार पठाउने कष्ट नगर्न अनुरोध छ,’ उनले उल्लेख गरेका छन् ।
जुनसुकै व्यक्ति वा संस्थासँग पार्टीको सम्बन्ध उपहारको आकर्षणले भन्दा एजेन्डाप्रतिको ऐक्यबद्धताले निर्धारण गर्ने भएकाले यो नीतिलाई सकारात्मक सुरुआतको रूपमा ग्रहण गरिदिन सम्बद्ध सबैमा उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविलाई अदालत पुर्याइयो, कास्कीमा म्याद नथपिए रुपन्देही लगिने
रवि लामिछानेको भोलि म्याद थप गरिँदै
समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो
सहकारी सकियो,अब विषय गोर्खा मिडियातिर जान्छ, प्रमाण होइन प्रणाम छः रवि लामिछाने
प्रधानमन्त्रीलाई गलत बाटो नरोज्न अनुरोध गरेँ : सभापति लामिछाने
एसिड आक्रमण पीडितहरूको न्यायको लागि प्रतिबद्ध छौँ : सभापति लामिछाने