वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने भएका छन् । विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपतिको भ्रमणको जानकारी दिएका हुन्।ब्लिन्केन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच सोमबार भएको सात घण्टा लामो भेटपछि जेरुसेलमस्थित अमेरिकी दूतावासबाट भ्रमणको घोषणा गरेको थियो ।
ब्लिन्केनले पत्रकारहरूलाई राष्ट्रपति बाइडेनलाई ‘इजरायलको युद्ध र यसको युद्ध रणनीतिको विस्तृत विवरण’ बारे जानकारी दिइने बताए । उनका अनुसार बाइडेनले इजरायलबाट कसरी नागरिकको हताहतलाई कम गर्ने तरिकामा आफ्नो कार्य सञ्चालन गर्छ भन्ने जानकारी लिनेछन् भने गाजामा प्यालेस्टिनी नागरिकहरूलाई सहायता पुग्न अनुमति दिने विषयमा छलफल गर्नेछन् ।
नेतान्याहुको निमन्त्रणामा बाइडेनले इजरायलको भ्रमण गर्न लागेको बताइएको छ । नेशनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किर्बीले केही समय अघि पत्रकार सम्मेलनमा बाइडेनको भ्रमणको मुख्य लक्ष्य इजरायलसँग अमेरिकाको ऐक्यबद्धता व्यक्त गर्नु र गाजाका नागरिकहरूलाई सहयोग प्रदान गर्नु भएको बताएका थिए । किर्बीले भने, ‘राष्ट्रपति बाइडेनले मानवीय सहायताको मुद्दामा छलफल गर्नेछन् ।’
यस बाहेक गाजा छोड्न चाहने आम जनताका लागि सुरक्षित मार्ग तयार गर्ने विषयमा छलफल हुने बताइएको छ ।बाइडेन इजरायल भ्रमणपछि जोर्डन जानेछन् । उनले जोर्डनका राजा अब्दुल्लाह, इजिप्टका राष्ट्रपति अल–सिसी र प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमूद अब्बाससँग भेट गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०८०, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनद्वारा दुई हजार ५०० जनालाई क्षमादान
इरानको आणविक र तेल साइटमा आक्रमण नगर्न इजरायललाई बाइडेनको चेतावनी
इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी
युक्रेनी ऊर्जा केन्द्रमा भएको रुसी हमलाको बाइडेनद्वारा निन्दा, गरे युक्रेनलाई आफ्नो निरन्तर समर्थन रहने वाचा
रिपब्लिकनले बाइडेनविरुद्ध दर्ता गराए महाभियोग मुद्दा
बाइडेनले सोमबार सर्वोच्च अदालत सुधार योजनाहरू घोषणा गर्ने