एजेन्सी । विश्वकप क्रिकेटमा साविक विजेता इंग्ल्यान्डलाई ६९ रनले हराउँदै अफगानिस्तानले ऐतिहासिक जित हासिल गरेको छ।
अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक विश्वकप विजेता इंग्ल्यान्डलाई हराएको हो। भारतको दिल्लीस्थित अरुण जेट्ली रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा इंग्ल्यान्डलाई अफगानिस्तानले हराएको हो।
अफगानिस्तानले जितका लागि दिएको २८५ रनको जवाफमा इंग्ल्यान्डको पूरा टिम २१५ रनमा आउट भएको थियो। इंग्ल्यान्डको टोलीले ४०.३ ओभर मात्र खेल्न सक्यो।
विश्वकपको १३औं खेलमा इंग्ल्याण्डले टस जितेर अफगानिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।
अफगानिस्तानको टोली ४९.५ ओभरमा २८४ रन बनाएर आउट भएको थियो। अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुरबाजले ८० र इक्रामले ५८ रन बनाए।
जवाफमा इंग्ल्यान्डका ब्याट्सम्यानले सोचेअनुसार प्रदर्शन गर्न सकेनन्। ह्यारी ब्रुकले सर्वाधिक ६६ रन बनाए।
अफगानिस्तानका लागि राशिद खान र मुजिब उर रहमानले ३–३ विकेट लिए। सोही मैदानमा भएको पछिल्लो खेलमा अफगानिस्तान भारतसँग ८ विकेटले हारेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ असोज २०८०, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने
अफगानिस्तानमा सवारी दुर्घटनामा परी ४८ को मृत्यु, एक सय ६० भन्दा बढी घाइते
अफगानिस्तानद्वारा बंगलादेशलाई १ सय १६ रनको लक्ष्य
अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको टार्गेट