काठमाडाैँ । मधेसी आयोगका अध्यक्ष डा।विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहबिच अध्यक्ष डा.दत्तले आयोगको पाँचौं वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेस गरेका हुन् ।
आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षमा आयोगमा प्राप्त उजुरीहरू मध्ये ९०.८ प्रतिशत उजुरीमाथि आयोगले कारबाहीको लागि सिफारिस गरेको जनाएको छ। सो प्रतिवेदन मार्फत आयोगको नामको अगाडी 'राष्ट्रिय' शब्द थपेर राष्ट्रिय मधेसी आयोग राख्न आयोगले सिफारिस गरेको छ ।
आयोगले गाई-माइ को सुरक्षामा सरकारलाई गम्भीर हुन, भ्रूण हत्याको अन्त्य गर्न, सामुदायिक विद्यालयका शिक्षकहरूलाई जिम्मेवार बनाउन, तराई-मधेस क्षेत्रमा आर्थिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रको विकासको लागि आवश्यक रणनीति बनाउन, बाल सुधार गृहमा थप सुधारका कार्यक्रमहरू ल्याउन जस्ता महत्त्वपूर्ण सिफारिसहरू गरेको छ ।
आयोगका अध्यक्ष दत्तले सरकार आयोगको सिफारिसहरू प्रति गम्भीर नहुनु चिन्ताजनक विषय रहेको बताएका छन् । सरकारको बेवास्ताले गर्दा मधेसी समुदायको सशक्तीकरणमा नकारात्मक असर परेको बताउँदै अध्यक्ष डा. दत्तले सरकारको मधेसी समुदाय प्रति सकारात्मक सोच हुनु अत्यावश्यक रहेको समेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले उठायो ५ खर्ब ३१ अर्ब रुपैयाँ आन्तरिक राजश्व
सुदूरपश्चिममा नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै आर्थिक गतिविधि ठप्प
माओवादी सम्बद्ध डेढ जर्दन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
अर्थ मन्त्रालयद्वारा छ महिनामा १० प्रतिशत मात्र बजेट खर्च