काठमाडौँ। राष्ट्रिय स्वतनत्र पार्टीका सभापति रवि लामिछानेले कोशी प्रदेशमा एमालेको सहयोगमा कांग्रेसले मुख्यमन्त्री पाएपछि महागठबनधनले सार्थकता पाएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–’गत उपनिर्वाचनमा मलाई र डा स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको ‘महागठवन्धनुले आज कोशीमा सार्थकता पाएछ। राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस् ।’ लामिछानेले आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठवन्धन गर्न र चुनाव चिन्ह पनि एउटै राख्न सुझाव दिएका छन् ।उनी लेख्छन्–’ढिला नगरी ‘महागठबन्धनवादी मोर्चाुको घोषणा सभा बारेपनि सुन्न पाइयोस् । उदेश्य एउटै, कार्यशैली एउटै,चरित्र एउटै, गन्तव्य एउटै भएपछि, सटर चाहिँ किन बेग्लाबेग्लै ??’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन् : हरि ढकाल
रवि र छविको मुद्दामा बहस सकियो, शुक्रबारै आदेश आउने
नाङ्गो भइसकेको तीनकुने घटनाझैँ सरकारले ममाथिको पर्साको मुद्दा लुकाएको भन्ठान्छ: रवि लामिछाने
सभामुखलाई रविले भने : मेरो सांसद पद निलम्बन फुकुवा गरियोस्