कांग्रेस नेताको माग– स्विस बैंकमा रहेको ४६ अर्बको छानबिन गर्नुपर्छ

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०८०, १४ : २९
कांग्रेस नेताको माग– स्विस बैंकमा रहेको ४६ अर्बको छानबिन गर्नुपर्छ

काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिह केसीले स्विस बैंकमा रहेको भनिएको ४६ अर्ब रुपैयाबारे छानबिन गर्नुपर्ने बताएका छन् । नेपालमा भ्रष्टाचार गरेर स्विस बैंकमा लगेर पैसा थुपारेको हुनसक्ने उनले आशंका गरे ।

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस नेता केसीले विदेशी बैंकमा राखिएको ४६ अर्ब रुपैया खोज्ने कर्तव्य सांसदको पनि रहेको बताएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालमा भएका भ्रष्टाचारको डिल सिंगापुर र हंकमा हुने गरेको संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बताएका थिए ।

‘नेपालीहरूको ४६ अर्ब रुपैयाँ स्विस बैंकमा छ, के यो हङकङ, सिंगापुर अथवा दुबईमा भएका डिलको पैसा हो ?, केसीले प्रश्न गरे, ‘यसलाई खोज्नुपर्छ, हामी सबैको कर्तव्य हो !,नेपालमा भ्रष्टाचार कहालीलाग्दो ढंगले बढिरहेको सन्दर्भमा केसीले स्विस बैंकमा ४६ अर्बको प्रशंग कोट्याएका हुन् ।

यसअघि बेलाबखत स्विस बैंकमा नेपालीको पैसा रहेको चर्चामा आए पनि छानबिन भने हुने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस