मनहरी । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले हाम्रो संस्कृति र सभ्यताले अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो मान बढ्ने बताएका छन् । आज जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा विजयादशमी तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हामी नेपालीका विभिन्न खाले चाडपर्व हुनु आफ्नै खालका मौलिकता हुन् ।
उनले यी मौलिकता, विशेषता अन्तर्राष्ट्रिय क्षेत्रमा जतिखेर प्रस्तुत हुन्छन् हाम्रो धार्मिक सहिष्णुता, जातीय सहिष्णुता, विविधता, संस्कृति, सांस्कृतिक विविधतालाई देखेर विदेशीले हाम्रो प्रशंसा गर्ने गरेको सुनाए । “हामीले हाम्रो संस्कृति, परम्परा, हाम्रा चाडपर्वलाई जोगाएर बचाएर तडकभडकभन्दा बाहिर निस्केर संस्कारलाई मात्रै ग्रहण गर्न सकेको खण्डमा भावी पुस्तामा हाम्रो संस्कृति र सभ्यता अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो मान बढ्नेछ भन्ने विश्वास लिएको छु”, प्रमुख शर्माले भने ।
उनले तीज दसैँ, तिहार, छठ, इद ल्होसारलगायतका विभिन्न जातीय पहिचानका पर्व यसरी नै खुसीका साथ मनाउँदै आएका र मनाउनु पनि पर्ने बताए । आगामी दिनमा पनि हाम्रो संस्कृति धरोहरको झन्डालाई उँचो राख्नका लागि आग्रह गर्दै प्रमुख शर्माले यसले हामीलाई भावनात्मक रूपमा एक सूत्रमा बाँधेर नयाँ नेपालको निर्माण गर्ने सवालमा पक्कै पनि योगदान पुग्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य, प्रमुख जिल्ला अधिकारी, मकवानपुरका राजनीति दलका प्रमुख, विभिन्न सङ्घसंस्थाका प्रमुख, सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका प्रदेश प्रमुखले फिर्ता गरे दुई विधेयक
बागमती प्रदेश प्रमुख देवकोटाद्वारा पदभार ग्रहण
तीन प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस
सरकारले गर्यो तीन प्रदेश प्रमुख हेरफेर
दुई प्रदेशका प्रमुखबीच समन्वय र सहकार्यबारे छलफल
सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि आह्वान