काठमाडौं । हुलाक टिकट अब नेपालमै छापिने भएको छ । हुलाक टिकट छाप्न हुलाक सेवा विभाग र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रबीच सहमति भएको छ ।
विभागका महानिर्देशक प्रदीपराज अधिकारीले टिकट छाप्न विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न खोजिएको बताए । मतपत्र, राजस्वका स्टिकरलगायत त्यहीँ छापिने रहेछन् ।
टिकटको प्रचलन थाल्दा नेपालमै टिकट छापिने गरेको विभागका पदाधिकारीहरू बताउँछन् । प्रविधि परिवर्तन हुँदै गएपछि छपाइका लागि विदेश पठाउन थालियो ।
टेन्डर प्रक्रिया अनुसार छाप्दा भारत, इन्डोनेसिया, बेलायतलगायतका मुलुकमा छपाइ हुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असोज २०८०, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज विश्व हुलाक दिवस मनाइँदै
‘हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ’
नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु