काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशस्तरीय भेला बोलाएको छ । आज लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परिक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार समिति, संघीय परिषदका सदस्यहरुलाई प्रदेशस्तरिय भेलामा बोलाइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपाले ३ महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरिरहेको छ । त्यसै सिलसिलामा दाङको लमहीमा डाकिएको भेलाले प्रदेशको सांगठनिक योजना तर्जुमा गर्नुका साथै लुम्बिनी प्रदेश समिति समेत पुनर्गठन गर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असोज २०८०, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन: जसपा
भैरहवामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम
यस्ता छन् जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेन्डा
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व