काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोग कीर्तिपुरले आजका लागि तय गरेको प्राध्यापक र सहप्राध्यापकको अन्तरवार्ता स्थगित गरेको छ । आयोगको कार्यालयले एक सूचना जारी गर्दै हिन्दी विषयको प्राध्यापक तथा सहप्राध्यापक र समाजशास्त्र विषयको प्राध्यापक तथा सहप्राध्यापकको अन्तरवार्ता सञ्चालनमा विद्यार्थी सङ्गठनबाट अवरोध भएको जनाएको छ ।
आयोग कार्यालयले प्रशासनिक कार्यमा अवरोध भएको तथा असामान्य अवस्था सिर्जना भएको भन्दै परिस्थिति सहज हुनासाथ अन्तर्वार्ता सञ्चालन गरिने जनाएको हो ।नेपाल समाजवादी विद्यार्थी युनियन, त्रिवि समिति र नेपाल विद्यार्थी सङ्घ, त्रिभुवन विश्वविद्यालय समितिले बिहीबारदेखि साँझदेखि सेवा आयोगको कार्यालय, विज्ञान डीन कार्यालय र त्रिवि पुनरावेदन आयोगको कार्यालय रहेको भवनको प्रवेशद्वारमा अनिश्चितकालीन तालाबन्दी गरेका कारण अन्तरवार्ता प्रभावित भएको त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्रमुख केदारनाथ ढकालले जारी गरेको सूचनामा उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयबाट आर्थिक वर्ष २०७७/०७८ मा प्रकाशित आन्तरिक तथा खुल्ला प्रतियोगिताको माध्यमबाट विभिन्न पदको पदपूर्तिका लागि गरिएका विज्ञापनमध्ये यस अघि स्थगित भएका व्यवस्थापन, समाजशास्त्र, हिन्दी र मैथिली विषयका प्राध्यापक र सहप्राध्यापक पदको बाँकी अन्तर्वार्ता असोज १४ गतेदेखि १९ गतेसम्म सेवा आयोगको कार्यालय कीर्तिपुरमा सञ्चालन गर्ने कार्यतालिका रहेको छ । कार्यालयका अनुसार आश्विन १८ गतेसम्मको अन्तर्वार्ता भने सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२०७७ सालदेखि स्थगित उपप्राध्यापकको परीक्षा भदौमा लिँदै त्रिवि सेवा आयोग