२०७७ सालदेखि स्थगित उपप्राध्यापकको परीक्षा भदौमा लिँदै त्रिवि सेवा आयोग

सफल खबर संवाददाता

बुधबार, ०२ साउन २०८१, १० : ५८
२०७७ सालदेखि स्थगित उपप्राध्यापकको परीक्षा भदौमा लिँदै त्रिवि सेवा आयोग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको लामो समयदेखि स्थगित भएको उपप्राध्यापकको लिखित परीक्षा भदौदेखि सुरु हुने भएको छ ।

त्रिवि सेवा आयोगले यसअघि २०७७ फाल्गुन ९ गते र २०७८ आषाढ १५ गते प्रकाशित विभिन्न विज्ञापनहरूमध्ये खुल्ला प्रतियोगिता अन्तर्गत उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको थियो। उक्त स्थगित भएको लिखित परीक्षा २०८१ भाद्र ५ गते देखि सुरु गर्न लागेको हो ।

प्रथम चरणमा चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ। अन्य संस्थान र संकायसँग सम्बन्धित विषयको परीक्षा तालिका प्रकाशित गरिने आयोगले जनाएको छ ।

परीक्षा तालिका, परीक्षा केन्द्र तथा परीक्षासँग सम्बन्धित विस्तृत विवरण आयोगको वेबसाइट तथा कार्यालयको सूचना पाटीमा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस