रुपन्देही । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको आयोजनामा दाङको घोराहीमा नेपाल जनसाँख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२ को सार्वजनिकिकरण एवं अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसँख्या मन्त्री मोहन वहादुर बस्नेतले चिकित्सा शिक्षा सुधारका लागि सरकारले चिकित्सा शिक्षा ऐन संसोधन गर्ने तयारी गरिरहेको बताए । अहिले कार्यान्वयमा रहेको ऐन जारी रहे अबको ५ वर्षपछि नेपालमा चिकित्सक तथा नर्स नपाइने भन्दै मन्त्री बस्नेतले यो ऐन संसोधन गरेरै छाड्ने दृढता व्यक्त गरे । जनशक्तिको कमिले पनि चिकित्सा क्षेत्रमा पछिल्ला समस्याहरु देखिन थालेको भन्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा थप दरबन्दी बृद्धि गरि जनशक्ति व्यवस्थापन गर्न थालेको बताए ।
मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा गरेको सुधारको प्रयासको प्रतिफल अबको ६ महिना भित्र प्रष्टै देखिने बताए । उनले स्वास्थ्य सेवा प्रभावकारी बनाउन तिन तहकै सरकारले मिलेर काम गर्नुपर्ने बताए । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री राजु खनालले अबदेखि लुम्बिनी प्रदेश सरकार अन्र्तगतका अस्पतालमा जनरल बेड निशुल्क गरिने घोषणा गरे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिव देवकुमारी गरागाईं, अतिरिक्त स्वास्थ्य सचिव डा.विकास देवकोटा, लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्याल, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा। जर्नादन पन्थी लगायतले नेपालको स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने विषयमा आ आफ्नो भनाई राखेका थिए ।
यसअघि बुधबार नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक उपचार भवनको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले १० प्रतिसत बेड निशुल्क नगर्ने अस्पतालको नविकरण नगर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य
पीएम कपको उपाधिका लागि आर्मी र पुलिस भिड्ने
भ्रष्टाचार अन्त्यका लागि सरकारले शून्य सहनशीलताको नीति लिएको छः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
‘एक घर, एक धारा अभियानले खानेपानीमा पहुँच सुनिश्चित’