बुटवल । लुम्बिनी प्रदेश सभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा बैठकमा विशेष सम्बोधनका लागि निमन्त्रणा गरेको छ ।
आगामी फागुन ५ गते सोमबार बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि आज प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।
सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि आज निमन्त्रणा गरेका हुन् । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको छ ।
प्रधानमन्त्री ओलीले फागुन ५ गते प्रदेश सभाको बैठकलाई विशेष सम्बोधनपछि दाङको घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने र ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने कार्यक्रम तय भएको मुख्यमन्त्री आचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार अन्त्यका लागि सरकारले शून्य सहनशीलताको नीति लिएको छः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
‘एक घर, एक धारा अभियानले खानेपानीमा पहुँच सुनिश्चित’
लुम्बिनी प्रदेशले अब जनशक्तिको अभाव भोग्नुपर्ने छैन : मुख्यमन्त्री आचार्य
लुम्बिनीका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी
लुम्बिनीमा प्रदेश प्रमुखले फिर्ता पठाएका विधेयक पुनः सर्वसम्मत पारित