काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले खरिद बिक्री सम्झौता (पीपीए)का लागि प्रवर्द्धकहरूलाई आह्वान गरेको छ । नदी प्रवाही (आरओआर) र अर्घजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाको पीपीएका लागि तोकिएको माथिल्लो सीमा क्रमशः ६,७५० मेगावाट र ४५ सय मेगावाट नपुगेसम्म पीपीए गर्ने निर्णय अनुसार प्रवर्द्धकलाई आह्वान गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणसँग ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको मितिलाई आधार मानी रोल क्रम अनुसार पीपीएको कारबाही प्रक्रिया बढाउने समेत प्राधिकरणको भनाइ छ । मङ्गलवार एक सूचना प्रकाशित गरी प्राधिकरणले पीपीए प्रक्रियामा रहेका प्रवर्द्धक कम्पनी र विद्युत् नियमन आयोगबाट पीपीएको मस्यौदामा सहमति प्राप्त भई पीपीएमा हस्ताक्षर गर्ने प्रयोजनार्थ अख्तियारी, परफरमेन्स बैंक जमानत र पीपीए शुल्क बुझाउन पत्राचार गरिएको प्रवर्द्धक कम्पनीलाई प्राधिकरणले पीपीएका लागि आह्वान गरेको छ ।
मंगलबारबाट ३५ दिनको समय राखेर प्रकाशित सूचना अनुसार तोकिएको अवधिभित्र निवेदन प्राप्त नभए वा निवेदनमा चाहिने कागजात नपुगे त्यस्ता आयोजनालाई रोलक्रमबाट हटाई रोल क्रमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका त्यसपछिका आयोजनाको पीपीए प्रक्रिया अगाडि बढाइने समेत प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त
१५ दिनभित्र विद्युतको बक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ : कुलमान घिसिङ
पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ
तिहारमा लोडसेडिङ हुँदैन : कुलमान घिसिङ
डेडिकेटेड र ट्रंक लाइन महसुलबारे प्राधिकरण सञ्चालक समिति अनिर्णित
राहुघाट जलविद्युत् आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’