काठमाडौ । विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त रकम थप खर्च हुने अनुमान गरिएको छ ।
महासंघसँग सम्झौता भएलगत्तै मन्त्रालयको योजना महाशाखाले थप बजेट तयार गरेको हो । सो बजेटको बारेमा अर्थ मन्त्रालयले सहमति दिएको छ ।
राहत दरबन्दीमा रहेका ४१ हजार ३ सय ४४ शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्दा र कर्मचारी सञ्चय कोषको हुन आउने दायित्व मात्रै करिब १५ अर्ब १५ करोड रहने खबर नेपाल समाचारपत्रले छापेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १५ असोज २०८०, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनका लागि देशभरिका शिक्षकहरू काठमाडौं आइपुगे
देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
नक्कली प्रमाणपत्र लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
शिक्षक महासङ्घले आज कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने
शिक्षा ऐन जारी नगरेको भन्दै फेरि आन्दोलनमा उत्रिए देशभरका शिक्षकहरु