जेष्ठ नागरीको अधिकारी रक्षाका लागि सरकार तयार छः मन्त्री जोशी

सफल खबर संवाददाता

शनिबार, १३ असोज २०८०, १४ : ०८
जेष्ठ नागरीको अधिकारी रक्षाका लागि सरकार तयार छः मन्त्री जोशी

चितवन  । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले जेष्ठ नागरीकहरुको अधिकार सुनिश्चितताका लागि बागमती प्रदेश सरकार लागि परेको बताएका छन । ३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा आयोजित बिचार गोष्ठलाई सम्बोधन गर्दै मन्त्री जोशीले प्रदेश सरकारले जेष्ठ नागरीक र महिलाको अधिकार सुनिश्चितताका लागि काम गरिरहेको बताए ।

जेष्ठनागरीकको स्वास्थ्य र लालन पालनका लागि समेत सरकारले कटिवद्ध रुपमा काम गर्ने उनँको भनाई थियो । उनले भने,“अभिभावक बिना घर अपुरो भए जस्तै जेष्ठ नागरीक बिना देश संञ्चालन गर्न कठिन  हुन्छ ।” सोही अनुसार राज्य लागि परेको उनले बताए । जेष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्य क्षेत्रमा धेरै कामहरु भईरहेको उहाँको भनाई थियो । अहिले प्रदेश सरकार र संघिय सरकारले जेष्ठ नागरिकको अधिकार सूनिश्चिचता लागि कानुन कार्यान्वयनको क्रममा रहेको बताए ।  हरेक आन्दोलनमा जेष्ठ नागरिकहरुको भूमिका महत्वपूर्ण रहेको उनको भनाई थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले स्थानिय सरकारले जेष्ठनागरिक लक्षीत काम गर्दै आएको बताए । उनले भने “हामी जेष्ठ नागरिकका अधिकार प्रति सचेत छौ ।”जेष्ठ नागरिक भनेको जिउँदो इतिहाँस भएको उहाँको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी पूर्ब अध्यक्ष भगवती घिमिरे, भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनाल, पूर्ब सांसद भिमबहादुर श्रेष्ठ, जेष्ठ नागरिक मञ्चकी जिल्ला सदस्य गंगा देवी कोईराला तिवारी लगाएतले जेष्ठ नागरीकलाई राज्यले कानुनमा दिएको अधिकार प्राप्त गर्न नसक्नु दुखदः रहेको बताएका थिए । संघका अध्यक्ष केदारनाथ तिमिल्सीनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका सदस्य सञ्जीव पौडेलले जेष्ठनागरीकको अधिकार तथा जिम्मेवारी बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

वि. सं. २०७८ को जनगणना अनुसार नेपालमा हाल ६० वर्ष माथिका जेष्ठ नागरिकहरुको संख्या ३० लाख रहेको छ । यो संख्या नेपालको कूल जनसंख्याको झण्डै १० प्रतिशत हुन आउँछ ।
 

प्रतिक्रिया दिनुहोस