काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक स्वास्थ्य पशु चिकित्सकको ज्ञान र सीपलाई सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षा क्षेत्रहरूमा एकीकृत गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित प्रथम नेपाल भारत अन्तर्राष्ट्रिय स्तरीय जनस्वास्थ्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले स्वास्थ्य पशु चिकित्सकहरूको ज्ञान र सीपलाई मुख्य प्रवाहमा ल्याएर ती क्षेत्रहरूलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले जनस्वास्थ्य पशु चिकित्सकहरूको भूमिका जनतालाई सुरक्षित पशु स्रोत खाद्यान्न आपूर्ति गर्न निर्णायक हुने पनि बताए । उनले नेपालमा भेटेरिनरी सेवाहरूको पुनर्संरचना गर्ने चरणमा रहेको पनि बताए । उनले नयाँ संरचना अन्तर्गत जनस्वास्थ्य संस्थालाई बलियो बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे ।
गृहमन्त्री श्रेष्ठले सरकारले जुनोटिक र अन्य सङ्क्रामक रोगहरूको नियन्त्रण गर्न र जनस्वास्थ्यको सुरक्षाका गर्न पशु चिकित्सा जनस्वास्थ्य संस्थाहरू महत्त्वपूर्ण रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा शुरू भयो तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन, गृहमन्त्री श्रेष्ठले गरे उद्घाटन
प्रदेश प्रहरी समायोजन विधेयक छिट्टै संसद्मा पेश गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता
नख्खु कारागारमा विपश्यना ध्यान केन्द्र, उपप्रधानमन्त्री श्रेष्ठले गरे उद्घाटन
भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री श्रेष्ठ
केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्दैछौँ : गृहमन्त्री श्रेष्ठ
प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न मधेशका सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन