काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रमपूर्ण सूचना आतङ्क वृद्धि भएसँगै सूचनाको हकसम्बन्धी अधिकारमाथि चुनौती सिर्जना भएको बताएकी छिन् ।‘अनलाइन स्पेस’लाई सुरक्षित बनाउँदै सूचनाको संरक्षण र सही रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिँदै उनले सूचना प्रवाहलाई विश्वसनीय बनाउनुपर्ने बताइन् ।
बिहीबार सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस २०८० का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवं मन्त्री शर्माले ‘अनलाइन स्पेस’को विकाससँगै भ्रमपूर्ण सूचना आतङ्क बढ्न थालेको दाबी गरिन् ।
उनले भनिन्, ‘अनलाइन स्पेसको विकाससँगै भ्रमपूर्ण सूचना आतङ्क बढ्न थालेको छ । यो पनि सूचनाको हकको सन्दर्भमा चुनौतीपूर्ण विषय हो । यसले नागरिकको सत्य जान्ने अधिकारलाई कुण्ठित गर्छ ।’
मन्त्री शर्माका अनुसार ‘अनलाइन स्पेस’लाई सुरक्षित बनाउनको लागि कानुनी र संस्थागत प्रयास गरिरहेको छ । सरकारले पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरेको गरेको उनले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असोज २०८०, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको प्रवक्ताको जिम्मेवारीमा रेखा शर्मा
सरकारले आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको छः मन्त्री शर्मा