एमाले बागमती अधिवेशन : मतदाताको अन्तिम नामावली प्रकाशित, उम्मेदवारी मनोनयन फारम वितरण ४ बजेपछि

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, १६ : १५
एमाले बागमती अधिवेशन : मतदाताको अन्तिम नामावली प्रकाशित, उम्मेदवारी मनोनयन फारम वितरण ४ बजेपछि

काठमाडौं। नेकपा (एमाले)ले बागमती प्रदेश अधिवेशनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ ।प्रकाशित नामावलीअनुसार १ हजार १ सय ६९ जना मतदाता रहेका छन् ।यस्तै बुधवार दिउँसो ४ बजेपछि उम्मेदवारी मनोनयनका लागि फारम वितरण गर्ने तयारी भइरहेको छ ।

यसअघि दिउँसो ३ बजेपछि फारम वितरण गर्ने सूचना जारी थियो । उम्मेदवारी मनोनयनको फारम वितरणको भाका पटक-पटक सर्दै आएको छ ।पदाधिकारी, सदस्य, जिल्लाका दाबेदारको ताँती भएपछि मिलाउन भन्दै अहिले विभिन्न समूह आन्तरिक छलफल जुटिरहेका छन् । 

​बागमती प्रदेश अधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका प्रकाशित भएको छ ।निर्वाचन कमिटीले बुधवार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा मतदाता नामावली प्रकाशन गर्नेदेखि उम्मेदवारी मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस