काठमाडौ । बाँकेमा बाघ मृतावस्थामा भेटिएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुईको कचनापुरस्थित अशोक सामुदायिक वनमा मंगलबार साँझ ७ बजेतिर वयस्क पाटे बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालय बाँकेका निमित्त वन अधिकृत गणेश खड्काले जानकारी दिए ।
खड्काले मृतावस्थामा भेटिएको बाघ सो क्षेत्रमा केही दिनअघिदेखि नै देखिएको थियो । बाघले स्थानीयवासीले पालेको पशुचौपायालाई समेत क्षति पुर्याएको खड्काले बताए ।
गाउँमा पसेर पशुचौपायालाई आक्रमण गरेको खबर थाहा पाएपछि बाघबाट जोगिन बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय बाँकेले स्थानीयवासीलाई सजग रहन आग्रह गरेको थियो ।
बाघलाई कसैले मारेको हो या आफैँ कालगतिले मरेको भन्ने विषय परीक्षण रिपोर्टले बताउने उनले बताए । पाटे बाघको परीक्षण आज गरिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’
बाँकेमा पाटे बाघ मृत भेटियो
बाघको आक्रमणबाट बाँकेमा वृद्धाको मृत्यु
मनहरीमा बाघले मार्यो ७ वटा बाख्रा
मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
पासो थाप्ने सिकारी नै बने बाघको सिकार