काठमाडौं । लगातारको गिरावटपछि शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । साताको पहिलो दिनदेखि लगातार घट्दै गएको शेयर बजार आज १८.४५ अंकले बढेर २०२२.९१ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ८७ लाख ४ हजार ४७७ कित्ता सेयरबो खरिदबिक्री हुदाँ २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५१८ रुपैयाँको कारोबार भएको छ ।
आज मेन्छियम हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफामा रहेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्था, थ्रि स्टार हाइड्रोपावर र लक्ष्मी भ्यालू फण्ड२ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
कारोबारका आधारमा एनआईसी एसीया बैंक ८ करोड ३४ लाख ६६ हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगातार दोस्रो दिन पनि दोहोरो अङ्कले बढ्यो शेयर बजार
शेयर बजारमा लगानीबारे सचेतना कार्यक्रम
५६ अङ्कले बढ्यो शेयर बजार, ६ अर्बको कारोबार
शेयर बजारमा दोहोरो अंकको गिरावट
शेयर बजारमा उच्च अंकको वृद्धि