काठमाडौं। चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले उनीहरुको बिदाइ गरेको हो ।
बिदाइ कार्यक्रममा नवनिर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले टोलीलाई बिदाइ गर्दै शुभकामना दिए ।
यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्ने नेपालले समूह चरण पार गरेमा भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ ।
नेपाली टोलीमा रोहित पौडेल, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्सन झा, विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी र अविनाश बोहरा छन् ।
ललित राजबंशीले भने चोटका कारण एसियाड गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असोज २०८०, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य
पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्लाई दियो १३९ रनको लक्ष्य
कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी
नेपाली क्रिकेट टिमले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै