काठमाडौँ । गृह मन्त्रालयले अब प्रत्येक दिन प्रत्येक प्रहरी कार्यालयमा ध्यान गराउने कार्यक्रम लागू गर्ने भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको कार्यक्षमता बढाउनका लागि यस्तो कार्यक्रम राख्न लागिएको जानकारी गराएका हुन् ।
बिहीबार प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सुशासनको अभियानलाई फाइदा गर्नका लागि यो कार्यक्रम सुरु गर्न लागिएको बताए । छिट्टै राष्ट्रपतिले उद्घाटन गर्ने ध्यान कार्यक्रम देशभरिका प्रहरी कार्यालयमा लागू हुने उनको भनाई छ ।
‘कुन बेला प्रहरीले ध्यान गर्ने हो ?’ भन्ने सांसदहरूको प्रश्नमा उनले हरेक दिन बिहान कार्यालय पुगेपछि १५ मिनेट अनिवार्य ध्यान गर्नुपर्ने बताए । यस्तो ध्यान कुनै धर्म सम्प्रदायको नभई वैज्ञानिक किसिमको हुने उनले स्पष्ट पारे ।
आफैलाई हेर्न, दण्डहीनता कम गर्न र काम गर्ने क्षमता बढाउनका लागि ध्यान गरेर मात्र काम सुरु गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए । पश्चिमा देशमा पनि कार्यालय तथा विद्यालयमा ध्यान गराएर मात्र काम अघि बढाउन थालिएको समेत उनले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा शुरू भयो तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन, गृहमन्त्री श्रेष्ठले गरे उद्घाटन
प्रदेश प्रहरी समायोजन विधेयक छिट्टै संसद्मा पेश गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता
नख्खु कारागारमा विपश्यना ध्यान केन्द्र, उपप्रधानमन्त्री श्रेष्ठले गरे उद्घाटन
भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री श्रेष्ठ
केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्दैछौँ : गृहमन्त्री श्रेष्ठ
प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न मधेशका सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन