काठमाडौ । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (बीबीएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरे । अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ ।
खासगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०/३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नेछ । सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने राष्ट्रसङ्घले जनाएको छ ।
यो सम्झौतामा विश्वभरिका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० देखि सन् २०२५ को सेप्टेम्बर २० सम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको छ । नेपालले उक्त सम्झौता हस्ताक्षर गर्ने दिनमा नै हस्ताक्षर गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल बैंक र बुद्ध एयरबिच ३० प्रतिशत छुट दिने सम्झौता
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
नागरिक लगानी कोष र आईएमईबीच शेयर प्रत्याभूति सम्झौता
नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता
नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबिच सम्झौता
मुख्यमन्त्री लामाद्वारा नीति आयोगका अध्यक्ष नेपालसँग करार सम्झौता